लण्डन । जुड बेलिंघमले सन् २०२३ को ‘गोल्डेन ब्वाय’ अवार्ड प्राप्त गर्नुभएको छ । रियल मड्रिडका सुपरस्टार बेलिंघमले विश्वको सर्वोत्कृष्ट युवा खेलाडीका रूपमा सो अवार्ड हात पार्नुभएको छ । इंग्ल्याण्डका २१ वर्षमुनिका अन्तर्राष्ट्रिय मिडफिल्डरले आफूलाई उत्कृष्ट युवा फुटबलरका रूपमा प्रमाणित गरिसक्नुभएको छ । प्राप्त अवार्डले त्यसलाई थप प्रमाणित गरेको छ । २० वर्षका प्लेमेकर बोरुसिया डर्टमण्ड र रियल मड्रिडबाट युरोपेली क्लब फुटबलमा उदाउनुभएको छ ।
बेलिंघमले वाइन रोनी, लियोनल मेस्सी, पाउल पोग्बा, केलियन एमबाप्पे र एर्लिङ हालाण्डको पदचाप पछ्याउँदै यो अवार्ड प्राप्त गर्नुभएको हो । उहाँले यस सिजन रियल मड्रिडका लागि १७ खेलमा १५ गोल गर्नुभएको छ । उहाँले क्रिस्टियानो रोनाल्डोको कीर्तिमानलाई समेत तोड्नुभएको छ ।
‘म सबैप्रति आभारी छु । जसले यो यात्रामा मलाई यहाँसम्म पुग्न सहयोग गरेका छन् । मेरो टिम र देशलाई संसारको सर्वश्रेष्ठ टिम बनाउन चाहन्छु । संसारको सर्वश्रेष्ठ खेलाडी बन्नका लागि आफ्नो टिमलाई जिताउन मद्दत गर्नुपर्छ । यस सूचीमा पर्नु सबैभन्दा ठूलो सम्मान हो,’ अवार्ड ग्रहणपछि उहाँले भन्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच