नेपालमा दर्ताको माग गर्दै टिकटकले सरकारलाई लेख्यो पत्र

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ । नेपालमा प्रतिबन्ध भएपछि टिकटकले दर्ताको माग गर्दै इमेल गरेको हो ।

सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको छ ।  इमेल आएपनि तत्काल टिकटक खोल्ने सम्भावना भने नभएको सञ्चार मन्त्रालयले जनाएको छ ।

हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

नेपाल सरकारको गत कार्तिक २७ गते मन्त्रिपरिषद् बैठकको निर्णयबाट सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?