पूर्वसांसद आङटावासँग आज पनि बयान लिइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज पनि बयान लिइँदैछ । बुधबार बयान नसकिएकाले उहाँको बयान आज पनि लिन लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अनुसार बाँकी सबैको छुट बयानसमेत सकिएको छ ।

शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो । उहाँविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नबोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको आरोप छ । प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?