
चितवन । पूर्वी चितवनमा अज्ञात समूहले करिव पाँच सय केराका बोट काटेर नष्ट गरेको छ । रत्ननगर वडा नं १२ का किसान कृष्ण रेग्मीको खैरहनी वडा नं ३ मा रहेको केरा बगानमा पसेर अज्ञात समूहले केरा नष्ट हो ।
केरा उत्पादक संघ चितवनका महासचिव जनकराज पन्तका अनुसार २ लाख ५० हजार मुल्य बराबरको केरा नष्ट भएको बताउनुभयो । ८ बिगाहा क्षेत्रफलमा गरिएको केरा खेती अज्ञात समूहले सुनियोजित ढंगले नष्ट गरेको पन्तले बताउनुभयो । चितवन केरा उत्पादक संघले विहीबार विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना गरेको छ ।
संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा पनि यस्ता घटना घटेको र घटनामा संलग्न व्यक्तिलाई कारबाही हुन नसक्दा पटक पटक यस्ता घटना घटेको उल्लेख गरिएको छ । नेपालमै केरा खेतीको माध्यमबाट रोजगारीको सृजना गरी केरामा आत्मनिर्भर बनाउन लागि परेका किसानहरुलाई यस्ता व्यक्तिहरुबाट हतोत्साहित गर्ने र किसानलाई कृषि पेशाबाट पलायन गर्ने काम भएको विज्ञप्तामा उल्लेख गरिएको छ ।
संघले कृषि पेशालाई सम्मानित र सुरक्षित बनाउनका लागि यस्ता घटनामा संलग्न भएका अपराधिहरुको छिटो भन्दा छिटो खोजि गरी कडा भन्दा कडा कारबाही गरी पीडित किसानलाई सामाजिक सुरक्षाको अनुभूति गराई आवश्यक क्षतिपूर्तिको माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच