
काठमाडौं । नेपालमा ग्रिन हाइड्रोजन तथा रासायनिक मल कारखाना स्थापना गरी व्यापारिक उत्पादन प्रवद्र्धन गर्न काठमाडौं विश्वविद्यालय (केयु) र युएसएडको एग्रिकल्चरल इन्पुटबीच सम्झौता भएको छ । कृषिजन्य उत्पादन बढाउन स्वदेशमै ग्रिन युरिया मल उद्योग स्थापना गर्ने वातावरण तयारीका लागि दुई संस्थाबीच बिहीबार उक्त सम्झौता भएको हो ।
केयुले नेपालमा ग्रिन हाइड्रोजन तथा रासायनिक मल कारखाना स्थापना गर्न नीतिगत सुधार तथा कानुनी प्रक्रिया कस्तो बनाउने भन्ने सम्बन्धमा सबै सरोकारवालासँग छलफल तथा परामर्श गरी कानुन निर्माणमा सहयोग पुर्याउनेछ । देशभित्रै ग्रिन हाइड्रोजनबाट युरिया मल कारखाना स्थापना गरी सञ्चालन गर्न नीतिगत सुधार र कानुनी प्रक्रिया कस्तो हुने भन्ने सम्बन्धमा सरोकारवाला सरकारी संस्था, गैरसरकारी संस्था, स्वदेशी तथा विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय दातृ निकायलगायत सबैलाई एकताबद्ध गराउन एग्रिकल्चरल इन्पुटसँग सहकार्य भएको केयुका हाइड्रो ल्याब प्रमुख डा. विराजसिंह थापाले बताउनुभएको छ ।
सम्झौता कार्यान्वयन गर्न ग्रिन हाइड्रोजनको व्यापारिक उत्पादन तथा युरिया मल कारखाना स्थापना गर्न हालसम्म प्राप्त उपलब्धिको मूल्यांकन गरी कमी कमजोरी सुधार गरेर लगानी गर्न आउनेसँग छलफल तथा परामर्श गरी लगानी प्रोत्साहन गर्न केयुले भूमिका खेल्ने उहाँले बताउनुभयो । केयुले समझदारी कार्यान्वयनका क्रममा हालसम्म प्राप्त गरेको ज्ञान, सीप र जनशक्ति विकास एवं नेटवर्कको उपयोग ग्रिन हाइड्रोजनबाट युरिया मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने थापाले बताउनुभएको छ ।
केयुले लामो समयदेखि नेपालमा ग्रिन हाइड्रोजनको व्यापारिक उत्पादन सम्भाव्यताबारे अध्ययन गर्दै आएको छ । केयुकै पहलमा सरकारले ग्रिन हाइड्रोजन नीति २०८० ल्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच