![प्रचण्ड सरकारको खस्किँदो साख, घट्दै जनभरोसा, बढ्दै अविश्वास !](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Government-led-by-Prime-Minister-Pushpa-Kamal-Dahal-Prachanda-Hita-fornt-page.jpg)
काठमाडौं । गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन आग्रह समेत गरेको छ ।
लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र रक्तचाप कम हुने पर्छ । यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने जस्ता लक्षण पनि देखिन्छ ।
यस्तै शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने जस्ता असर पनि लु लाग्दा देखिने मन्त्रालयको भनाइ छ ।
‘लु’ लाग्दाका लक्षणहरु
- शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने,
- हृदयको गति तीव्र हुने,
- छाला सुख्खा ,रातो वा तातो हुने,
- टाउको अत्यधिक दुख्ने,
- चक्कर लाग्ने, अचेत हुने
- शरीरबाट पसिना ननिस्किने,
तातो हावा वा लुबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कन, फलफूलको रस र प्रशस्त पानी पिउनुपर्छ । यसबाहेक लुबाट बच्ने उपायहरु निम्न छन् ।
बच्ने उपायहरु
- फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने,
- दिउँसो घरबाट बाहिर ननिस्कने,
- बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने,
- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने,
- चिसो पानीेले नुहाउने
- मदिरा सेवन नगर्ने
- खेतबारीका कामकाज सकभर बिहान वा बेलुका गर्ने,
- चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने ।
![प्रचण्ड सरकारको खस्किँदो साख, घट्दै जनभरोसा, बढ्दै अविश्वास !](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Government-led-by-Prime-Minister-Pushpa-Kamal-Dahal-Prachanda-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच