सन्दीप लामिछाने एशिया कप खेल्न आज पाकिस्तान जाँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान जाँदैछन् । स्पिनर सन्दीप एसिया कपको पहिलो खेल खेल्न आज पाकिस्तानतर्फ जान लागेका हुन् ।

१८ वर्षमुनिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुंगो लागेको थिएन ।

आइतबार जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनको एशिया कप यात्रा निश्चित बनेको हो । पाकिस्तान र भारतसँगको खेलपछि मात्रै खेपीरहेको मुद्दाको पेशी परेकाले पनि सन्दीपकोे एशियाकपमा खेल्न जाने मौका मिलेको हो।

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?