प्रतिभा पहिचानमा हतुवागढीमा सोह्र जना छनौट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ भोजपुरको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा भोजपुर गट ट्यालेन्ट प्रतियोगिताको आयोजना भएको छ । प्रतियोगितामा सोह्र जना छनौट भएका छन् ।

कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारिता क्षेत्रमा लाग्न प्रोत्साहन गर्न जिल्लामा भोजपुर गट ट्यालेन्ट नाम दिएर नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको आयोजक डाइमण्ड डान्स क्रु सेन्टरका संचालक सुशन घिमिरेले जानकारी दिनुभयो । पहिलो चरणमा पालिका स्तरीय प्रतियोगिताहरु संचालन हुने छन् । हतुवागढीमा भएको प्रतियोगितामा ३५ जानको सहभागिता रहेको भए पनि १६ जना छनौट भएको आयोजकले जनाएको छ ।

भोजपुर नगरपालिमा संचालित प्रतियोगितामा ६५ जना सहभागि भएकोमा २२ कलाकार छनौट भएका छन् भने टेम्केमैयुङ गाउँपालिकामा २८ जना सहभागी रहेकोमा ११ जना चुनिएका छन् ।

सोक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले कलाकारिता क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष राईले पालिका भित्र हुने यस्ता प्रतिभा पहिचानक लगायतका कार्यक्रमहरुमा आगामी दिनमा पनि पालिकाको सहयोग रहने बताउनुभयो ।

भोजपुर फिल्मस प्रालि र डाइमण्ड डान्स क्रु सेन्टरको संयुक्त आयोजनामा छनौट चरणका कार्यक्रमहरु भई रहेका छन । भोजपुरमा २ नगरपालिका र ७ गाउँपालिका छन् । बाँकी रहेका पालिकाहरुको कार्यक्रम चाडै सार्वजनिक गर्ने र उक्त पहिलो चरणको छनौट कार्यक्रम सकिएपछि पाचौ चरणमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउनेछन् भने नृत्य र गायन एक वर्ष निशुल्करुपमा सिक्न पाउने छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?