मंगलबार ब्रत बस्नुका यस्ता छन् फाइदा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हामी स्वच्छ जीवनयापन बाँच्न हप्तमा एक पटक ब्रत बस्नु स्वास्थ्यका लागि एकदमै लाभदायी मानिन्छ । धार्मिक हिसावले भन्ने हो भने कतिपय मंगलबार ब्रत बस्छन् । त्यस्तैझैँ आज पनि मंगलबारको दिन परेको छ । मंगलबार खासगरी धेरैजना व्यक्तिहरु गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने चलन छ ।

सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।

यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।

ब्रत बस्नाले शरीरको शुद्धिकरणमा फाइदा पुग्छ । मोटोपन कम गर्नु, आन्तरिक सन्तुलन र सुव्यवस्थाको स्थिति प्राप्त गर्नु, थकान र अनिद्रा भगाउन पनि ब्रत गर्नु आवश्यक छ । ब्रतले संकल्प र शक्तिको विकास र दृढ रहनमा सहयोग गर्दछ । यदि मानिस वास्तवमै केही प्राप्त गर्न चाहान्छ भने तवसम्म उ व्रत बस्छ जबसम्म उसले चाहेको उद्धेश्य पूरा हुँदैन ।

ब्रतमा भोकै बस्नुपर्ने हुनाले तपाईले खान मन गरेपनि तपाईको इन्द्रियको पुकार तपाईको इक्षाशक्तिले नियन्त्रण गरिदिन्छ । यदि तपाईको इच्छाशक्ति दृढ हुन सकेन भने तपाई केही फलफूल र दूध पिउन सक्नुहुन्छ ।

ब्रतले मानिसलाई त्याग गर्न सिकाउँछ । त्यसकारण पनि यो दिन तपाईले दान अथवा आफूले खाने खाना जसका लागि जरुरी छ उसलाई दिन सक्नुहुन्छ । ब्रतका दिन व्यक्ति शारीरिक र मानसिक रुपबाट हल्का महसुस गरिरहेको हुन्छ । चिन्तामुक्त बन्न सक्छ । यदि तपाई सहज तरिकाले एकाग्र चित्त बनाउन सक्नु भयो भने यी कुराहरु स्पष्ट हुन्छ ।

ब्रतको दिन सचेतन, स्वार्थहीन, शारीरिक र मानसिक रुपमा त्याग हुन जरुरी हुन्छ । ब्रतको पूरैदिन यो ख्याल राख्नुहोस् कि, तपाई मानसिक र अध्यात्मिक विकासका लागि ब्रत गरिरहनु भएको छ । यदि तपाई ब्रत बस्ने आफ्नो संकल्प पूरा गर्नु भयो भने तपाईको आत्मविस्वास दृढ बन्दै जान्छ । सधै ख्याल राख्नुहोस् ब्रतको विशेष दिनमा अन्य मानिसहरुसँग विशिष्ट र मैत्रीपूर्ण तथा सार्थक व्यवहार गर्न जरुरी हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?