संसदमा उपप्रधानमन्त्री लामिछानेलाई बोल्दा अवरोध गर्दैनौँ : काँग्रेस

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने भएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो । उहाँले सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति नबनी सरकारी काममा प्रवेश गरेको खण्डमा भने संसद अवरुद्ध हुने स्पष्ट पार्नुभयो ।

उहाँले संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा सहमति भइसकेको र त्यसलाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले टिओआर बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले विपक्षमा रहेका दलहरुले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रुपमा लिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्नेकुरामा हिजो नै सहमति भएको छ । त्यो विषयलाई हामीले सकारात्मक रुपमा नै लिएका छौँ । समिति बनाउने भन्नेकुरातिर नै अघि बढ्ने कुरा छ । टिओआर बनाउने कुरामा पनि दलहरुका बीचमा छलफल भएर कुराकानी भइरहेको छ । अहिले हामी विपक्षमा रहेका सबै राजनीतिक दलका नेता साथीहरु पनि बस्नुभएको छ । विपक्षमा रहेका दलहरुले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रुपमा लिएको भन्नुभएको छ । छानबिन समिति बनाएर अघि बढ्नुपर्छ । छानबिन समिति बनाउने र सरकारी कार्यसूचिमा प्रवेश गर्ने कुरा छ । माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि धेरै दिनदेखि समय माग्नुभएको छ । उहाँलाई सभामुखले बोल्न दिनुभयो भने हामी त्यसमा अवरोध गर्दैनाँै । हामी उहाँलाई सुन्न तयार छौँ । सरकारी बिजनेसमा प्रवेश गर्न भन्दा पहिला समिति बनाइसक्नु पर्छ ।’

उहाँले टिओआर बनाउने कुरामा सहजता प्रदान गर्न आग्रह गर्नुभयो । टिओआर बनाइसकेपछि सरकारी बिजनेसमा प्रवेश गर्न सकिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?