चितवनमा गैँडाको आक्रमणबाट बालक घाइते

हिमालय टाइम्स
Read Time = 1 min

-होमनाथ सापकोटा

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं-११, विश्वासटोलमा गैँडाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

घरनजिकै बाटोमा हिँडिरहेको अवस्थामा एक्कासी गैँडाले आक्रमण गरी रत्ननगर-११ बस्ने ११ वर्षीय दिपेश सुनार घाइते भएको प्रहरीले जनाएको छ ।

पेट, हात र ढाडमा चोट लगेका बालकको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?