पाटा युथ ट्यालेन्ट क्वेस्ट

Read Time = 3 mins

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले काठमाडौंको ज्ञानेश्वरस्थित मिड-भ्याली इन्टरनेशनल कलेजमा टुरिजम तथा हस्पिटालिटी क्विज आयोजना गरेको छ । क्विज प्रतियोगितामा ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीहरू छिरिङ ठोकर, विजयकुमार चौधरी र इशान नेपालले प्रथम स्थान हासिल गरेका छन् भने नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका विद्यार्थी अपिल महर्जन, क्षितिज आचार्य, विवेक मिश्र, मिड-भ्याली इन्टरनेशनल कलेजका विद्यार्थी क्रिस्टिना प्रसाईं, चन्द्रप्रकाश कुँवर र दावा जाङ्मु शेर्पा प्रथम र दोस्रो उपविजेता बनेका छन् ।

पाटा नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्टसँगको सहकार्यमा विभिन्न प्रायोजक तथा सहयोगी संस्था मनकामना केबलकार, नबिल बैंक, बुद्ध एयर, हाइग्राउण्ड एडभेन्चर र ट्रेकिङ भेन्यु नेपाल, केजिएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट, सेभेन लेक्स रिसोर्ट, चन्द्रागिरि हिल्स (रिसोर्टस), कम्युनिटी होमस्टे नेटवर्कलगायत मिड–भ्याली, नाथम र लिटिल एन्जलस कलेजसँगको सहयोग तथा समन्वयमा प्रतियोगिता आयोजना गरेको हो । पाँचौँ युथ ट्यालेन्ट क्वेस्टअन्तर्गतको अर्को कार्यक्रम पाटा युवा टुरिजम प्रोफेसनल शेफ प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगिता शनिबार नाथम कलेजमा आयोजना हुने पाटा नेपालले जनाएको छ ।

पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्य तथा पाटा नेपाल च्याप्टरमा आबद्ध सदस्य शैक्षिक संस्थामा हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमूलक अभियानका रूपमा आयोजना हुने वार्षिक कार्यक्रम होे । आयोजकका अनुसार कार्यक्रम प्रतिभावान युवा पर्यटन विद्यार्थीको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह-सुझाव र अवसर प्रदान गरी उनीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि एवं सशक्तीकरणका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने प्रेरणादायक मञ्च बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?