काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रास्वपाका कुनै पनि सदस्य नराखी संसदीय छानविन समिति बनाउन पनि आफू तयार रहेको बताउनु भएको छ ।
आफूमाथि उठाइएका प्रश्नको आइतबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताउनु भएको हो ।
आफू हिजो पनि सांसद, मन्त्री, नेपाली नागरिकसमेत नभएको अवस्थाबाट धुलो टक्टक्याउँदै फेरि यहाँसम्म आएको उहाँले बताउनु भयो ।
‘रास्वपालाई हटाएर यस्तो समिति बनाउने हो भन्नुस् रास्वपा तयार छ । के गर्नुपर्ने हो ? सदस्य त्यागेर, सभापति, सांसद नभएर नागरिकसमेत नभएर जिरोमा पुगिसकेको मान्छे हुँ, उहाँले भन्नुभयो, ‘तपाईँहरूलाई के लाग्छ ? भन्नुस् के छोडेर हुन्छ ? सदन, मन्त्रालय, पार्टी देश के छोडनुपर्छ तयार छु ।’
आफूले कुनै किसिमका गलत काम नगरेको बताउँदै उहाँले आफ्नो दललाई विश्वास दिलाउनु भयो ।
आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्नसमेत गर्नुभएको छ ।
सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे संसद्मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताउनु भयाे । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ? ’ उहाँले भन्नुभयो, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’
उपप्रधान एवं गृहमन्त्री लामिछानेले नियमित कानुनको प्रक्रियालाई पन्छाएर संंसदीय छानबिनका निम्ति बाध्य पार्नु अवैधानिक भएको जिकिर गरेका छन् ।
आफूमाथि उठाइएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अत्याचार भएको र त्यो सहन तयार रहेको बताउनु भयो । “......संसदीय छानिबनका लागि बाध्य पार्ने कार्य अनुचित हो । अनैतिक हो । अराजनैतिक हो । अवैधानिक हो । अन्याय हो । अति हो र अत्याचार गर्नु हो,” उहाँले भन्नुभयो, “म अत्याचार, अन्याय सहन तयार छु ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच