काँग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेसँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको भएपनि काँग्रेसले संसद बैठक अवरुद्ध पारेको हो । सभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गर्नुभयो । तर काँग्रेस सांसदहरुले बैठकमा नाराजुलुस गरेर वेल घेराउ गरे ।

काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ । आजको बैठकमा सभामुखले सरकारी कार्यसूचिमा प्रवेश गर्न लागेसँगै काँग्रेस सांसदहरुले वेल घेराउ गर्न पुगेका थिए ।

काँग्रेसको अवरोधसँगै १५ मिनेटका लागि बैठक स्थगित भएको सभामुख घिमिरेले घोषणा गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?