प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुकाे अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गर्नुभएको हो । प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । यता विपक्षहरुले मत नहालेकालेले सो प्रश्तावको विपक्षमा जिरो मत परेको थियो ।

प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलवार बिहान ११ बजे बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?