काठमाडौं । ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’को विजेता दुर्गादेवी पौडेल अधिकारी र सुमृति शाक्य हुनुभएको छ । क्याफे थिमतर्फ दुर्गादेवी र थेसिस थिमतर्फ सुमृति विजेता बन्नुभएको हो । एक्स्पोमा क्याफे थिमतर्फ निकाश योञ्जन दोस्रो, निवास श्रेष्ठ तेस्रो चुनिँदा सानुमाया बानियाले ‘पब्लिक च्वाई अवार्ड’ हात पार्नुभयो । थेसिसतर्फ भने यलिना ताम्राकार दोस्रो, न्यान्सी सिन्टाकला तेस्रो हुँदा पब्लिक च्वाइस अवार्ड सक्रिता राजथलाले प्राप्त गर्नुभयो ।
शोभा ज्ञवाली (अध्यक्ष नेपाल महिला उद्यमी संघ), श्रीच्छा प्रधान (मिस नेपाल वल्र्ड), प्रशिद्ध शाह (मिस नेपाल इन्टरनेशनलले विजेतालाई अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा दुईदिन आयोजित एक्स्पोको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नुभएको थियो ।
प्रदर्शनीमा आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियरसम्बन्धी विभिन्न सिर्जना प्रदर्शनमा राखिएका थिए । जसमा ३५ ग्राजुयट र २८ रनिङ विद्यार्थी हुन् । एक्स्पोको थेसिस जुरीमा रञ्जन प्रजापति (आर्किटेक), तेजिता वैद्य अमात्य (इन्टिरियल डिजाइनर) र क्याफे थिममा अदीति पौडेल (आर्किटेक) र पिनु श्रेष्ठ (इन्टेरियल डिजाइनर) रहनुभएको थियो । एक्स्पोमा दुई प्रकारको प्रदर्शनि राखिएको थियो ।
एक अध्यायन गरेर ६ महिनामात्र भएका विद्यार्थीको विभिन्न फरक-फरक क्याफे डिजाइन थिए भने अर्काे ग्राजुयट भएका विद्यार्थीको थेसिस भनेर राखिएको थियो । आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइनसम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच