काठमाडौं । एमएडब्लु हायर पर्चेज प्रालि (एमएचपिएल)ले ट्रेन्डसेटिङ ‘मोबाइल एप’ ल्याएको छ । कम्पनीले ‘एमएचपिएल’ एप सुरु गर्दै ग्राहकलाई कर्जा भुक्तानीको कारोबार डिजिटलरूपमै गर्नसक्ने सुविधा प्रदान गरेको हो ।
एक कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले एप सार्वजनिक गर्नुभएको थियो । एपले ग्राहक आफ्नो कर्जाको अवस्था जान्न भौतिकरूपमै उपस्थित हुनुपर्ने बाध्यता हटाउनेछ ।
एपबाट कर्जा विवरणको जानकारी र बाँकी साँवा रकम भुक्तानी तालिका, सुरक्षित र सुविधाजनक इएमआई भुक्तानीका विद्युतीय विकल्प, कर्जा अवस्थाको जानकारी रियल टायम नोटिफिकेसन, झन्झटमुक्त अनुभवका लागि प्रयोगकर्तामैत्री इन्टरफेसजस्ता सुविधा रहेका छन् ।
कम्पनीले नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरेको जनाएको छ । एमएचपिएलले दुर्ईपांग्रे सवारीसाधन, इभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइल, सेकेण्ड हृयाण्ड कार, व्यापारिक सवारीसाधन इभी र फोसिल फ्युल इन्धन, भारी र कृषि उपकरणलाई ऋण उपलब्ध गराउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच