![गरिब देशका धनी मन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Property-Statement-of-Ministers-Hita-fornt-page.jpg)
काठमाडौं । अहिले गर्मी दिनप्रति दिन बढिरहेको छ । गर्मी मौसममा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने चिकित्सकहरु बताउँछन् । गर्मी मौसममा शरीरमा विभिन्न रोगले आक्रमण गर्नसक्ने खतरा हुन्छ ।
दैनिक गर्मी बढेसँगै धेरै जनामा खाना रुचि नहुने, मुख र घाँटी सुख्खा भइरहने जस्ता समस्या देखिन सक्छन् ।यो मौसममा सफा र शुद्ध पानी पिउनुपर्छ । गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ ।
गर्मीमा खरबुजा सबैलाई मनपर्ने फल हो । स्वस्थ र सस्तो हुने भएकाले गर्मीमा यसको माग उच्च हुन्छ । यसमापानी सँगै भिटामिन ए र सी पाइन्छ । भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ। भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। तरबुजामा भिटामिन बी६ र पोटासियम पनि हुन्छ।
तर अहिले बजारमा धेरै विषादी प्रयोग गरिएका खरबुजा आउने गरेका छन् । छिटो पकाउनका लागि सुई हालेर रातो पारिएको हुन्छ । प्राकृतिक रुपमा पाकेको खरबुजाले स्वास्थ्य फाइदा पुर्याउँछ । तर रातो देखाउनका लागि विभिन्न विषादी प्रयोग गरिएको खरबुजा खानु विष सेवन गरे बरारब नै हुन्छ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ । जुन क्यान्सरको प्रमुख कारण भएको चिकित्सकहरु बताउँछन् । आज हामी प्राकृतिक रुपमा नै पाकेको खरबुजा कसरी चिन्ने, यसको बारेमा जानकारी दिँदै छौं ।
प्राकृतिक रुपमा नै पाकेको खरबुजा चिन्ने तरिका
- पहेँलो दाग भएको खरबुजा प्राकृतिक रुपमा नै पाकेको खरबुजा हो । खरबुजा छान्दा पहेँलो दाग छ कि छैन ख्याल गर्नुपर्छ । खरबुजा प्रायः माटोमाथि बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।
- खरबुजालाई काटेर एउटा सानो टुक्रा पानीमा हालेर परीक्षण गर्न सकिन्छ । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा सुई हालेर रातो पारिएको हो ।
- खरबुजा काटेर सानो टुक्रा कपासमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्यो भने बुझ्नुस् खरबुजा केमिकल हालेर पकाइएको पुष्टि हुन्छ ।
- खरबुजा काटेर हेर्दा त्यसभित्र ठुलो दरार देखिएको छ भने त्यो प्राकृतिक रुपमा पाकेको होइन । त्यसमा विषाधी प्रयोग गरिएको छ भन्ने बुझ्नुपर्छ । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।
![गर्मीमा कस्ता फलफूल खाने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/fruits-falful.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच