अफगानिस्तान बाढी : ३० हजारभन्दा बढी प्रभावित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । अफगानिस्तानमा बाढीका कारण ३० हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बाढी प्रभावित मानिसहरूलाई तत्काल आपतकालीन आश्रय, चिकित्सा आपूर्ति, खाना, नगद, सुरक्षित पिउने पानी र स्वच्छता किटहरू आवश्यक रहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि पानीजन्य रोगहरू बढेको बताएको छ । विशेष गरी देशको उत्तरी क्षेत्रहरूमा पखाला र छालाको संक्रमण बढेको बताएको हो ।

शुक्रवार र शनिवार फर्याब र पश्चिमी घोर प्रान्तमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?