राप्तीका मेयरका दुई बर्ष : विपन्नलाई घर, विरामीलाई रगत

हिमालय टाइम्स
Read Time = 8 mins

-होमनाथ सापकोटा

चितवन । चितवनको राप्ती नगरपालिकाले विपन्नलाई घर र विरामीलाई निःशुल्क रगतको व्यवस्था गरेको छ । सो नगरपालिकाका मेयर शमशेर लामाले दुई बर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै यो अवधिमा सीमान्तकृत चेपाङ समुदायसहित ३२५ विपन्नको लागि घर निर्माण र विरामीलाई निःशुल्क रगतको व्यवस्था गरेको जानकारी दिनुभयो ।

दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध छिचोल्दै उहाँले नगरको विकासमा उपलब्धि हासिल गरेकाे दावी गर्नुभएको छ । उहाँले विकास निर्माण र नगरबासीको चाहना र गरिवी निबारणलाई प्राथमिकता दिएर काम गर्नुभएको छ । उहाँले नगरबासीको आधारभूत आवश्यकता पुरा गरी विकासका काम अगाडि बढाउनुभयो । नगरको भौगोलिक अवस्था र यसको आधारमा उहाँले जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानमा लागि प्रयासरत हुनुभयो । मेयर लामाले नगरको शिक्षा र स्वास्थ्यमा चित्त बुझ्दो परिवर्तन गर्नुएको छ । उहाँले निःशुल्क शिक्षा र स्वास्थ्यको अवधारणालाई कार्यान्वयनमा लैजादै अतिरिक्त सेवा सुरु गर्नुभएको छ ।

विपन्नलाई ५०५ वटा घर निर्माण गर्ने प्रतिबद्धता गर्नुभएका उहाँले दुई बर्षको अबधिमा ३२५ वटा घर निर्माण गरी हस्तान्तरण गर्नुएको छ । विरामीलाई निःशुल्क रगतको व्यवस्था गर्ने जिल्लामै राप्ती पहिलो पालिका हो । तर राप्तीमा राजनीतिक द्वन्द्वका कारण विकासमा ढिलाई भएको छ । जनप्रतिनिधिले मेयर र उपमेयरको कार्यकक्षमा लगाएको ताला तीन महिना हुँदा पनि खुलेको छैन् । जनप्रतिनिधि बीचको अनावश्यक द्वन्द्वले दुई बर्षमा मेयर लामाले सोचे जस्तो काम गर्न नसकेको बताउनुभयो । अबरोधका बीच पनि मेयर लामाले सीमान्तकृत चेपाङ समुदायलाई आवास निर्माण देखि उनीहरुको जीवन स्तर उकास्ने गरी पालिकाको योजनालाई विकटमा उकाल्ने कोसिस गर्नुभएको छ ।

घण्टौ हिड्नुपर्ने कान्देली, प्रसब पीडामा रहेका सुत्केरी, घर विहीनहरु, भोकाहरुको भोक मेटाउनकै लागि मेयर लामाले योजनालाई पहाड केन्द्रीत गर्नुभएको हो । ६५ प्रतिशत भु-भाग विकट रहेको नगरपालिकाको मुहार एकै पटक फेर्न मुश्किल भएपनि विचल्लित नभई कोसिस जारी राखेकाे उहाँले बताउनुभयाे । भोकाहरुको भोक मेट्नमेयर लामा विकटका बस्तीहरुमा पुग्ने गर्नुभएको छ । आत्मनिर्भर जनताको परिकल्पनासहित मेयर लामाले आफ्नो दोस्रो कार्यकाल २ बर्ष पुरा गर्नुभएको छ । 'म आफै राप्तीमा जन्मिएर यही हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु,' उहाँले भन्नुभयो, 'यहाँका जनताको दुःख मैले बुझेको छ, राजनीतिको माध्यमवाट जनताको सेवा गर्न आएका हुँ ।'

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ४ को अध्यक्ष र २०७९ जेठ को निर्वाचमा मेयर हुनुभएका लामा ओडारमा बस्ने चेपाङ देखि आलिसान महलमा बस्नेहरुका अभिभावक हुनुहुन्छ । बस्ने वास नभएको, खाने गाँस नभएका जनताको नेतृत्व गर्नु उहाँको लागि कम चुनौतीपूर्ण थिएन । 'आधा जनतालाई छिटो विकास चाहिएको छ,' उहाँले भन्नुभयो- 'सडक निर्माण, खानेपानी, यातायाता र विद्युत्को पहुँच पुगोस भन्ने थियो ।' दुई बर्षको अवधिमा मेयर लामाले ३२५ विपन्न परिवारको लागि आवास निर्माण गर्नुभएको छ । शिक्षामा परिर्वतन ल्याउन उहाँले ठुलै कसरत गर्नु पर्‍यो । राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अन्तर्गत हरेक बर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् ।

विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ । स्वास्थ्यमा नगरबासीलाई निःशुल्क एम्बेलेन्स, विरामीलाई निःशुल्क रगत, दश हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु गरिएको छ । नमुना कान्दाअभियान अन्तर्गत सडक विस्तार, वडा नं १३ मा टेलिकमको पहुँच, कान्दामा फोर जि इन्टरनेट सेवा विस्तार, विकटमा पिसानी मिलको व्यवस्था गरी दैनिक जीवनयापनलाई सहज बनाएको मेयर लामाले बताउनुभयो । कृषि तर्फ कृषि एम्वुलेन्स खरिद, उत्पादनलाइ सहजीकरण, सिंचाइकोलागि स्यालो बोरिङ्ग वितरण, बेमौसी तरकारीलाई प्रोत्साहन र टनेलको व्यवस्था, ८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण, मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरिएको छ ।

भुमिहिन दलित, सुकुम्वासी,अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ्ग समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन् । नागरिकको गुनासो सुन्न र उनीहरुको आबश्यकता पहिचान गर्न जनतासंग मेयर कार्यक्रम सुरु गरिएको छ । राप्ती नगरपालिकालाइ प्रविधिमैत्री बनाइएको छ । नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यम वाट भइरहेका छन् । सो नगरपालिकाले चालु आर्थिक बर्ष देखि दिगो आयआर्जनका लागि कफी खेतीका लागि किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले अनुदान दिएपछि वडा नं १० देखि १३ सम्मका किसानहरुले कफी खेतीसुरु गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?