काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ । आइतबार वैदेशिक रोजगार कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको बताउनुभयो । अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको दुई मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिको समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिन सकिने अवस्था भएको उहाँको भनाइ थियो ।
श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबीसमेत गर्नुभयो । अब वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था अन्त्य भएको उहाँले जिकिर गर्नुभएको छ । वैदेशिक रोजगारमा रहेको बिमा, स्वास्थ्य, अभिमुखीकरणलगायत अन्य कुनै पनि विषयमा सिण्डिकेट हुन नदिइने पनि उहाँले दाबी गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच