![आज गङ्गा दशहारा पर्व मनाइँदै](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/ganga-1.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलविरुद्ध ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
बुधबार पौडेलविरुद्ध आयोगले ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीका अनुसार उनीविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ स्रोत नखुलेको पाइएको छ ।
विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा विचाराधीन छन् ।
सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो ।
अख्तियारले उनीमाथिको गैरकानुनको सम्पत्तिआर्जनको अनुसन्धान पनि अन्तिम चरणमा पुर्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच