नागरिकले महशुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले महशुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

बुधवार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिनुभएको हो । उपप्रधान एवं गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महशुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुमा बढी जोड दिन पनि निर्देशन गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुका बारेमा पनि छलफल भएको छ । गृह मन्त्रालयले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन प्रवन्धनमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने लगायतका काम हुन्छन् । नागरिकले महशुस गर्नेगरी र नतिजामुखी भएर काम र सबै क्षेत्रमा सुधार गर्न उहाँले निर्देशन दिनुभएको छ ।’

उहाँले उपप्रधानमन्त्री लामछिानेले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन सम्बन्धमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्नेमा बढी जोड दिन आग्रह गर्नुभएको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?