![हुम्लामा ६ हजार बढी बालबालिकालाई आईपिभी खोप लगाइने](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/humla-khop.jpg)
धनगढी । पहिलोपटक १७ वर्षमुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ । कैलालीको धनगढीमा यही जेठ १६ गते बुधबारदेखि नेपालकै पहिलो १७ वर्षमुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण सुरु हुने भएको छ । सहारा नेपाल युवा क्लबको आयोजनामा विगतका वर्षहरूझैँ यो वर्ष पनि प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता टी-२० फर्मेटको प्रणालीबाट खेलाइनेछ ।
प्रतियोगिना धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन लागेको हो । जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ । प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले जानकारी गराउनुभयो ।
प्रतियोगिताको मिति नजिकिएसँगै अहिले तीव्रगतिमा प्रतियोगिताको तयारी चलिरहेको छ । खेलमैदान सफाइदेखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्रसिंह धामीले बताउनुभयो ।
सहारा नेपालका अध्यक्ष अनन्त बोहराले समाजलाई खेलकुदका माध्यमबाट सकारात्मक बाटोमा डोर्याउन सकिने विश्वास रहेको र स्थानीयस्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको बताउनुभयो । अध्यक्ष बोहराले निकट भविष्यमा सुदूरपश्चिम सुपर लिगलाई नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता बनाउने उद्देश्य रहेको पनि बताउनुभयो ।
प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच