बैग्लौरका स्कूलहरू बमले उडाउने धक्की, बम डिस्पोजल टोली स्कूल-स्कूलमा

हिमालय टाइम्स
Read Time = 2 mins

बैंग्लौर । कर्नाटकको राजधानी बेंगलुरुमा १५ वटा विद्यालयमा बम विष्फोट गर्ने धम्की दिने इमेल आएपछि आतंक मच्चिएको छ ।

सो धम्की पछि ती विद्यालयका विद्यार्थी र शिक्षकमा त्रास फैलिएको छ । यी मध्ये एउटा विद्यालय कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारको घरको अगाडि अवस्थित छ। डीके शिवकुमारले पत्रकारलाई भने, ‘म टिभी हेर्दै थिएँ, मेरो घरको छेउमा रहेको स्कुललाइ पनि धम्कीको मेल आयो। म यहाँ छानबिन गर्न आएको हुँ ।’

यसपछि तुरुन्तै प्रहरीलाई खबर गरियो र कुनै पनि शंकास्पद वस्तु देखिए विद्यालयमा खोजी गरियो। साथै बमको धम्की आएको विद्यालयमा बम डिस्पोजल टोली पठाइएको छ । यो धम्की पाएका विद्यालयहरूमा ह्वाइटफिल्ड, कोरमंगला, बसवेशनगर, यालहंका र सदाशिवनगरका विद्यालयहरू पर्छन्। प्रहरीले घटनाको गम्भीरता बुझेर खोजी अभियान सुरु गरेको छ ।

बेंगलुरुका धेरै विद्यालयमा बम विस्फोट गर्ने धम्की पाएपछि कर्नाटकका मुख्यमन्त्री सिद्धरा मैयाले भने, ‘पुलिसले छानबिन गर्नेछ र मैले उनीहरूलाई त्यसो गर्न निर्देशन दिएको छु। सुरक्षा उपायहरू लिइएका छन् र अभिभावकहरूले आत्तिनु पर्दैन। विद्यालयको निरीक्षण र सुरक्षा व्यवस्था बढाउन प्रहरीलाई निर्देशन दिएको छु । प्रहरी विभागबाट प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ।’

राष्ट्रिय गृहमन्त्री जी परमेश्वरले भने, ‘हामी इमेलको स्रोत प्रमाणित गर्दैछौं। यसलाई गम्भीरतापूर्वक लिएका छौं। मैले प्राथमिकताका आधारमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु ।’

  •  न्युज एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?