भक्तपुरबाट आएका कैदीले वीरगञ्जमा पनि मचाए उपर्दो, बालसुधार गृहमा रातभर तनाव

हिमालय टाइम्स
Read Time = 2 mins

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनाबग्रस्त भएको छ । मंगलबार राति बाल सुधार गृहमा रहेका कैहीहरूबीच आपसी विवाद भएपछि तनाब उत्पन्न भएको हो ।

सुधारगृहमा रहेका दुई समूहबीच विवाद हुँदा तनाव उत्पन्न भएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आक्रोशित कैदीहरूले सुधारगृहमा तोडफोडसमेत गरेका छन् ।

भक्तपुरबाट आएका कैदी र यहाँका कैदीबीच विवाद भएको उहाँले बताउनुभयो । यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो ।

विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हाल स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् ।

एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरू भागेका थिए ।

त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?