लण्डन । जर्मन क्लब बायर लिभरकुसेनलाई पराजित गर्दै इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि उचालेको छ । बुधबार राती अभिभा स्टेडियम डब्लिनमा भएको फाइनलमा बायर लिभरकुसेनलाई ३-० ले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । यससँगै सिरी ए क्लबले ६१ वर्ष लामो उपाधिको खडेरी पनि तोडेको छ । एटलान्टाले युरोपेली फुटबलको कुनै उपाधि जितेको पनि यो पहिलोपटक हो ।
पहिलोपटक फाइनल पुगेको एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले हृयाट्रिक पूरा गर्नुभयो । खेलको १२औँ मिनेटमा लोकमनको गोलमा एटलान्टाले सुरुवाती अग्रता बनाएको थियो । २६औँ मिनेटमा लोकमनको व्यक्तिगत दोस्रो गोलमा एटलान्टाले अग्रता दोब्बर ग¥यो । खेलको ७६औँ मिनेटमा लोकमनले व्यक्तिगत तेस्रो गोल गर्दा हृयाट्रिक पूरा गर्नुभयो ।
पहिलोपटक युरोपा लिगको फाइनलमा पुगेको लिभरकुसेनले उपविजेतामा चित्त बुझायो । एटलान्टासँगको हारसँगै जर्मन च्याम्पियन लिभरकुसेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिभरकुसेन यो सिजन ५१औँ खेलसम्म अपराजित रहेको थियो । २७ मे २०२३ को जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३-० ले पराजित भएयता लिभरकुसेन अपराजित थियो । जसमा ४२ खेलमा जित र नौ खेलमा बराबरीको नतिजा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच