पेरिस । फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडले २०२४ को युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । एसी मिलानका स्ट्राइकर जिराउड फ्रान्सका लागि सबै समयका सर्वाधिक गोलकर्ता हुनुहुन्छ । उहाँले १३१ खेलमा ५७ गोल गर्नुभएको छ ।
उहाँले सन् २०११ मा फ्रान्सको सिनियर टोलीमा डेब्यु गर्नुभएको थियो । सन् २०१८ मा फ्रान्सलाई विश्वकप दिलाउनुभएका ३७ बर्षीय जिराउडले भन्नुभयो, ‘अब हामीले युवाहरूलाई बाटो दिनुपर्छ ।’ सन् २०२२ मा कतारमा भएको विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध उहाँले १ गोल गर्नुभएको थियो । अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको थियो ।
जिराउडले शनिबार अन्तिम पटक सिरी ए सिजनको अन्तिम खेलमा मिलानका लागि खेल्ने अपेक्षा गरिएको छ । युरोकपपछि उहाँले अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा आबद्ध हुन सम्झौता गरिसक्नुभएको छ । उहाँले क्लबसँग १८ महिनाको सम्झौता गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच