![‘रोङ गट ट्यालेन्ट’को आवेदन खुल्ला](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rong-Got-Talent.jpg)
काठमाडौं । बुढानीलकण्ठ स्कुलका पूर्वविद्यार्थीले आगामी शनिबार बुढानीलकण्ठ स्कुल प्रांगणमा एक विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएका छन् । आफ्नो बाल्यकालको स्मृति उत्सवका रूपमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्ने पूर्वविद्यार्थीले कार्यक्रमलाई उत्सव, प्रतिभा र सद्भावको पर्यायका रूपमा मनाउँदै आएका छन् ।
पूर्वविद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, स्थानीय बासिन्दालगायतलाई एकै स्थानमा ल्याएर उत्सवका रूपमा मनाइने कार्यक्रम बिहान ११ बजे सुरु भएर साँझसम्म चल्नेछ ।
सेब्स सन्ध्या सांगीतिक कार्यक्रमका लागि नवीनकुमार भट्टराई, द अर्पिता, स्वप्न सुमन, द एस्टर्स, पहँेलो बत्तीमुनि, सुशान्त रा रागा, कडा, सलिल महर्जनलगायतले आफ्नो दमदार प्रस्तुति दिने आयोजकले जनाएको छ । सेब्स सन्धयाको टिकट खल्तीबाट खरिद गर्न सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच