गठबन्धनले घाटा लाग्यो: माधवकुमार नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको कारण आफ्नो पार्टीलाई घाटा लागेको बताउनुभएको छ ।

एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपाल गठबन्धनको मात्रै गीत गाउँदा स्थानीय तहमा आफ्नाे पार्टीले अपेक्षा गरे अनुसारको नतिजा नआकाे बताउनुभयाे । आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने नेपालकाे भनाइ थियो ।

अबको संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ । ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ’ , ‘तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो’ अध्यक्ष नेपालले भन्नुभयो ।

वर्तमान सत्ता गठवन्धन अवको चुनावसम्म पनि कायम राख्नु पर्ने नेता नेपालको भनाइ छ । विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त नभएको भन्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले गठबन्धनलाई कायम राख्न चाहेका छौं तर चुनावी तालमेलका लागि कसले कति लचकता अपनाउन सक्छन् भन्ने कुरामा गठबन्धन भर पर्छ ।’

नेपालले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको बताउनुभयो । नेपालले नाम मात्रै कम्युनिष्ट पार्टी भएर नहुने भन्दै व्यवहारबाटै कम्युनिष्ट हुनु पर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?