![खोक्पाभित्र अविष्मरणीय खोक्पाहरू](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Myamraj-Rai-hita-article.jpg)
✍️ कलानिधि दाहाल
मनमस्तिष्क पूर्णतः बन्धक राखेर शरीरको अप्ठेरोपनमा साँघुरा कोठाभित्र घरी यता घरी उता गर्दाको कैदी अवस्था अन्तर्गतको सौगात मजा पनि त जीवनको एउटा नयाँ अनुभव, नयाँ ज्ञान, नयाँ सन्दर्भ र नयाँ यात्रा हो नि यो । वरिपरि चारैतिर उस्तै साँघुरा कोठाहरू, साँच्चै छन् वा परिबन्धका अभियुक्तका चाहिँ खचाखच भीड । नारीपुरुष कोठा फलामका डण्डीले सजिएका तर छर्लङ्ग देखिने/बोलिने/मन मिले भिन्न भिन्न कोठाबाट नै पनि खेल्ने/खेल्न सकिने ।
यस्तो अनुपम नव अनुभवको स्थान मान्छेहरू किन सुन्दै नाकका पोरा खुम्च्याउँछन् ? कन्स्टडी र जेल भन्नासाथ ? न कलम, न कपि, न भाँडा मोबायलका ? कति आनन्द । न लेखेर औँला दुखाउनु पर्यो । न घोप्टिएर मेरुदण्डको ऐयामा मुख बिगार्नु नै । न चिन्ताको चासो, न कल्पना सजावटको मोह । न कथावस्तुको धरातल निर्माणको सोच, न औपन्यासिक बोइङ् उडानको इञ्जिनियरिङ् झञ्झट । बेलामा खाना आइहाल्छ, प्यासमा पानी । उपियाँ उडुसले टोके पनि आफ्नै हातका सिरानीमा एकतमास टोलाउनुको अझ अर्को मजा !
कस्टडीका कोठामा हुली सकेपछि अर्को कुनै व्यक्तिको पनि अनुहार आँखासामु पर्दैनथ्यो अतीतको प्रहरीवृत्तभित्रको बसाइमा । यसको मतलब एक व्यक्ति एक कोठा, एक कोठा एक व्यक्ति सायद जनसङ्ख्याको कमी र निरङ्कुश तानाशाही राज्यव्यवस्थाको कारण नै हो यो ।
अलिकति भिन्न प्रसङ्ग यस समयमा नै तरेली परेर देखापरे ममा । म तुलनाको तन्तु तन्केर अतीतको स्मरणमा पुगेँ । यही ठाउँ त्यस बेला रगताम्मे अरू साथीका शरीर हेर्थें । ममा यो अवस्था थिएन । यहाँ सुरक्षाकर्मीका सामान्य मनोविज्ञानले काम गरेको म अनुभव गर्छु अहिले बाहिरी स्वरूपका आधारमा । कपालमा तेल घसेर अलिअलि अत्तरको वासना पनि शरीरमा छुटाउनेले धेरै पिटाइ खाए त्यस बेला । बेलबटम पाइन्ट भिर्ने छत्तीसइन्चे चलन आएको थियो भर्खर त्यसबेला । अमेरिकन बाख्राकाने लोती झुण्डिएको सटको कलरको व्याप्ति पनि । त्यस्ता खालका कपडाले शरीर ढाकिएर हिँड्नेले यातनाका ठूल्ठूला भारी बोक्नुपरेको थियो झल्झली सम्झँदा त्यो प्रहरमा ।
कष्टडीका कोठामा हुली सकेपछि अर्को कुनै व्यक्तिको पनि अनुहार आँखासामु पर्दैनथ्यो अतीतको प्रहरीवृत्तभित्रको बसाइमा । यसको मतलब एक व्यक्ति एक कोठा, एक कोठा एक व्यक्ति सायद जनसङ्ख्याको कमी र निरङ्कुश तानाशाही राज्यव्यवस्थाको कारण नै हो यो । निर्विकल्प राजशासन रिस उठेर सुरक्षाकर्मीले कोठाभित्रै घाँटी ङ्याँकेर हुरुक्क पारे पनि राजाको निगरानी सकारात्मक भएमा उही नै पुरस्कृत हुने त्यसधारको स्वर्णिम समय त्यो । सम्झना ताजा छ- त्यसैताका जाउलाखेल जेलसराइका बहानामा सोझै गोली ठोकेर मारिएका प्रजातन्त्रका मर्करी प्रकाश- लीला, ठगी, गोकर्ण छँदै छन् मनमन्दिरमा । यिनका शब्दोच्चारणमा जिब्रो खुल्नेको पनि यमयात्रा विनाकाम हुन्थे त्यो समय सङ्घारमा । तिनै तानाशाहका बारेमा सत्ताफिर्तीका तातातनाव बोकेर हिँड्ने बिचरा अहिलेका लक्काजवान देख्दा मलाई इष्र्या होइन टीठ लागेर आउँछ उनीहरूका अज्ञानताप्रति ।
रमाइलो सन्दर्भ त त्यो अज्ञानावस्थामा पनि मैले एउटा कुरा सुनेको थिएँ बेजोड रमाइलो ! पुलिसले पक्र्यो भने नाम ठेगाना ढाँट्नुपर्छ, नत्र पछि जागिर पाइन्न, सरकारी जागिर । कुरा सही रहेछ सरकारी भक्तहरूका लागि । त्यस बेलाको पक्राइमा म सामान्य खाँडीका दौरा सुरुवालमा थिएँ । टोपी भादगाउँले कालाले शिर उभिन्थ्यो तर टुप्पी बाहिर नै भएको थाहा हुन्नथ्यो, चासो पनि लाग्दैनथ्यो-पढाइको मात्र एकताने धुनमा समर्पित भएकाले । पाइलामा जुत्ताचप्पल केही थिएनन् । म निकै लामो समय सानेपादेखि रानीपोखरी स्कुल र रानीपोखरी स्कुलदेखि सानेपासम्म ताता सडकमा कलिला पाइला पौँठाजोरी खेल्थे, विजय पाइलाकै हुन्थ्यो ।
त्यस दिन जुन दिन म पक्राउ परेँ हातमा कलमकपी र किताब यथावत् थिए । शरीर माथिकै अवस्थामा थियो । विद्यालय चौरबाट पक्राउ गर्ने बेलामा एक डण्डा एक सुरक्षाकर्मीले बर्साउनासाथ तुरुन्त अर्को सुरक्षाकर्मी दौडिँदै आउँदै यसलाई नकुट भनेर त्यही लठ्ठीले उसका पिँडुलामा बजारेको स्मरण मेरो स्मृतिपटलबाट हटाउन खोजे पनि जाँदैन । तिनै सुरक्षाकर्मीले त्यसो गरे भने सर्टपेन्ट लगाएर नरिवल तेल शिरमा रङ्ग्याउनेलाई यति पिटे म अहिले आएर त्यो पृथकपनलाई मनोविज्ञानको तराजुमा तौलन्छु । सामान्य हुनुको गरिमा सम्झन्छु । तडकभडक र शृङ्गारको तौललाई घृणाको कसीमा राख्छु ।
एउटा कोठा, एउटा झ्याल, झ्यालबाट देखिने विद्यालय हनुमान ढोकाको प्रहरीवृत्त पहिलो थियो, अहिले पनि छ तर भूकम्पको कम्पले भय छोडेपछि अहिले प्रहरीवृत्त चाहिँ त्यहाँ छैन । एक सुरक्षाकर्मीले सजाय समय भनेर अर्को कोठामा लगे । विभत्स दृश्य । घिनलाग्दो कोठाको वातावरण । भएको होइन बनाइएको । छिप्छिप पानी जमेको । भुसुनाको व्यापकता । केटी जिस्काउँछस् भने झ्याल खोलेर हेर भन्दै स्कुलतिर देखाउँथे । छात्राहरू उताबाट बराम लागेर हेरिरहेका हुन्थे । लज्जा, भय र सङ्कोचको पहाड छातीमा सजाएर आदेश मान्नुसिवाय विकल्प नै के हुनसक्छ र त्यस अवस्थामा ।
खुट्टामाथि, टाउको तल पारेर भित्ताको अलिकति आडको सुरक्षा । यताउति भएमा सुरक्षाकर्मीको निगरानीमा छँदै छ लट्ठी । त्यस बेला मैले भानुभक्तको कविता सम्झेँ र तत्कालीन जङ्गली शासनको स्वरूपको कल्पना गरेँ, कस्तो थियो होला अझ अनि त भानुको दिमाखले ठोक्यो व्यङ्ग्यवाण ।
खुट्टामाथि, टाउको तल पारेर भित्ताको अलिकति आडको सुरक्षा । यताउति भएमा सुरक्षाकर्मीको निगरानीमा छँदै छ लट्ठी । त्यसबेला मैले भानुभक्तको कविता सम्झेँ र तत्कालीन जङ्गली शासनको स्वरूपको कल्पना गरेँ, कस्तो थियो होला अझ अनि त भानुको दिमाखले ठोक्यो व्यङ्ग्यवाण-
लाम्खुट्टे उपियाँ उडूस सँगी छन् यिन्का सँगैमा बसी
लाम्खुट्टेहरू गाउँछन् र उपियाँ नाँच्छन् म हेर्छूृ बसी ।
अभ्यास सकिएपछि बेला भयो बयानको । बयानका लागि अर्कै कोठामा जानुपर्ने रहेछ । मग्मगाउँदा सोफा चट्ट सजाएका । जिन्दगीमा कहिल्यै कहीँ सुन्न, देख्न नपाएको सुदूरको पहाडी ठिटो । खाली खुट्टा । सानेपा- रानीपोखरी, रानीपोखरी-सानेपा नाङ्गा सडक नाँप्ने यस सुदूर पहाडी ठिटोलाई सोफाका ती अनुहार कल्पित इन्द्रासन लाग्नु के आश्चर्य हो र ? डराई-डराई हच्की-हच्की छिरेका कोठाको त्यो दृश्यले मनमा अझ कायरता थपिनु स्वभाविकै थियो । रहेछ त्यो सोधपुछको कोठा । प्रश्नोत्तर सुरु भए-घर कहाँ हो ? सम्झना झट्ट भयो, साँच्चो बताउनु हुन्न । निस्फिक्री भनिदिएँ उत्तरमा-स्वयम्भू, सीतापाइला । नाम के हो ? खमराज पौडेल । छाती चौडा भयो ढाँट्न सकेकामा ।
खेल अर्कै रहेछ, लगत्तै अर्को कोठामा लगियो चकमन्न रातको समय छ । झलमल्ल बत्ती बलेर पनि प्रकाशको बैँस निकै बढी सकेको छ । जुन कोठामा लगिँदैछ त्यो चाहिँ डिएस्पीको कार्यकक्ष रहेछ । ढोका खुल्यो । जम्मै पक्राउ परेका साथीहरू त्यहीँ आरामले बसेका सोफामै । विद्यालय प्रमुख एकदमै सरल र साधाजीवन स्वभावका थिए विष्णुप्रसाद न्यौपाने जस्तो लाग्छ । हामी विष्णु गुरुमात्र भन्थ्यौँ । म अन्त कतै सोचविचार नलगी यता ढाँट्नका लागि केही क्षण अगाडि दिएको बयान सम्झिरहेको थिएँ । एक तमास मन कतै नडुलाई उही स्वयम्भू सीतापाइला, उही खमराज पौडेल ।
ढोकामात्र के खुलेको थियो विद्यालय प्रमुखको अचानक र अचम्म भएकै अवस्थामा ओठ खुले ओहो यस्तो मान्छे पनि पक्डेको तपाईंहरूले ? उहाँ त विद्यालयकै होनहार विद्यार्थी प्रथम सधैँ । टाढा घर ओखल्ढुङ्गा नाम कति मीठो छ कलानिधि । कसरी पक्रनुभयो ? हेरेरै पनि बुझ्नुपर्ने अत्यन्त शालीन विद्यार्थी भन्नासाथ खुसीले बुर्कुसी मार्नुपर्ने ठाउँमा अग्लो पहाडको टुप्पोबाट रिङ्गटा छुटेर एकाएक खोँचमा टाउको फुटेजस्तो भएँ म । कराउनु न चिच्याउनु । मुख थुन्नु न खुट्टा ठटाउनु ।
अलिकतिमात्र समय लम्मिएको भए, बढी अल्मल त्यस कोठामा भइदिएको भए, उताका कोठाको रिपोर्टमात्र त्यस कोठामा छिर्ने समयको तालमेल भएको मात्र भए पनि त्यसबेला र अहिलेसम्मै यो नियम हुनुपर्छ झुठो बयान दिएवापत मैले लामो समय कनस्टडीबाट निस्केर जेलभित्र पस्नुपर्ने थियो । समय संयोगले गर्दा विद्यालयप्रमुखले हामीलाई जिम्मा लिएर ढोकाबाट निस्कना साथ उतापट्टिको फायल च्यापेर पुलिसभित्र पसे । अहिले त्यही ठाउँमा तर भिन्न आकार लिएर त्यही मान्छे मैले भिन्न अनुभूति सँगालेँ । कोठा पनि त्यही तर स्वरूप अर्कैको अनुभवमा एक तमास हराएको छु । कोलाहल भएर पनि शान्तिमा, भिडभाड भएर पनि एक्लोपन, सबैले सराप्ने ठाउँ भएर पनि प्रशंसाको मन खुलेर उभिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच