होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी उनी अर्कै होटेलमा शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?