काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने कार्यदलको बैठक सुरु भएको छ ।
कार्यदलका सदस्यहरुले शनिबारको बैठकबाट सहमति हुने दाबी गरेका छन् ।
संसदीय समिति गठन र संकटग्रस्त सहकारीबारे अध्ययन गर्न र सुझाव दिन कार्यदलमा सहमति छ । तर गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्ने भाषा टीओआरमा राख्न सत्तापक्षले अस्वीकार गर्दै आएको छ भने नेपाली कांग्रेसले गर्नैपर्ने अडान राखेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हिजोको बैठकमा छलफल सकारात्मक भएको र आज बसेर टुंग्याउने प्रयास हुने कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीको नामै उल्लेख नगरे पनि उनीसँग जोडिएर आएका सहकारीको छानविनलाई केन्द्रमा राखेर जाने विषयमा भाषा मिलाएर जान सकिने बताउनु भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्ने कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच