काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा प्रथम भ्याली पब्लिक एसइई कप फुटसल प्रतियोगिता आज(आइतबार)देखि हुने भएको छ । प्रतियोगितामा १८ ब्वाइज टिमको सहभागिता रहने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ मा टोखा एफसी, टिभ्स ‘बी’, टिम बिस्ट, ब्रदर्स एफसी र डाउनटाउन तथा समूह ‘बी’ मा साइप्रस, भक्तपुर योङ्स, जुगल नवगुरुकुल, द सेभेन ब्रोस र श्रमशील एकेडेमी रहेका छन् । त्यस्तै, रोयल कपन, ड्रागन एलिट एफसी, समृद्धि, भ्याली पब्लिक ‘बी’ र विद्याआर्जन समूह ‘सी’ मा तथा टिभ्स ‘ए’, भ्याली पब्लिक ‘ए’ र सेक्रेड हार्ट समूह ‘डी’ मा छन् ।
विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरू भंगालस्थित भ्याली पब्लिकको आफ्नै फुटसल कोर्टमा खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच