नेपालगञ्ज । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा नेपालञ्जमा मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा प्रेस युनियन सम्बद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आबद्ध महिला उद्यमीहरूले प्रतिस्पर्धा गरेका थिए ।
शनिबार वागेश्वरी फुटसल एण्ड स्पोटर््स हब नेपालगञ्जमा भएको खेलमा महिला उद्यमी र महिला पत्रकार दुवै टिमले एक-एक गोल गरेका थिए । महिला पत्रकारतर्फबाट सावित्री गिरीले गोल गर्नुभयो भने महिला उद्यमीहरूका तर्फबाट मिना चौधरीले गोल गर्नुभएको थियोे ।
यसैगरी प्रेस युनियन सम्बद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेसँग आबद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रिपूर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७-० ले हराएको थियो । स्वास्थ्यकर्मीका तर्फबाट डा. शिविन साहुले दुई र डा. शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले एक-एक गोल गर्नुभएको थियो ।
शनिबार मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले गर्नुभएको थियो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्त्व्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेललगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच