काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल खेल आज हुँदै छ । फाइनलमा लागि आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो क्वालिफायरमा कोलकातासँग ८ विकेटले पराजित भएको हैदरावाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनल पुगेको हो। हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ।
पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो।
यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ। २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो। कोलकाता र हैदराबिच हुने यो सिजनको फाइनल प्रतिस्पर्धा आइतबार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ।
आइपीएलको विजेताले कति पाउँछ ?
बीसीसीआईले आईपिएलको १७ औं सिजनका लागि ४६.५ करोड भारु पुरस्कार रकम छुट्याएको छ । विजेताले २० करोड र उपविजेताले १३ करोड रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुने टोलीले क्रमशः ७ करोड र ६.५ करोड पाउनेछन् ।
सन् २००८ मा पहिलो पटक भएको प्रतियोगिताले पछिल्लो समय क्रिकेटको प्याटर्न नै परिवर्तन गरेको विश्लेषण क्रिकेटप्रेमीले गर्दै आएका छन्। पहिलो पटक आईपीएल हुँदा प्रतियोगिताको विजेता टिमले ४.८ करोड भारतीय रुपैयाँ पुरस्कार पाएको थियो।
उपविजेतालाई २.४ करोड भारतीय रुपैयाँ पुरस्कार दिइएको थियो। सन् २००९ को संस्करणमा पनि विजेता र उपविजेताले सोही रकम बराबरको पुरस्कार पाएका थिए। त्यसपछि भारतका टप कर्पोरेट ग्रूपहरुले प्रतियोगितालाई स्पोन्सर गर्न थालेपछि पछिल्लो समय प्रतियोगिताको पुरस्कार बढाएर २० करोड भारतीय रुपैयाँ पुर्याइएको छ।
पछिल्ला दुई प्रतियोगिता सन् २०२२ र २०२३ मा विजेतालाई २० करोड भारतीय रुपैयाँ र उपविजेतालाई १३ करोड भारतीय रुपैयाँ दिइएको थियो। सन् २०१७ देखि २०१९सम्मका प्रतियोगिताका लागि विजेतालाई १५ करोड दिइएको थियो।
पर्पल क्याप, ओरेन्ज क्याप विजेताले कति पाउँछन् ?
विराट कोहलीले १४ खेलमा ७ सय ४१ रन बनाएर ओरेन्ज क्याप पाउनेछन् । उनले १५ लाख रुपैयाँ पाउन सक्छन् । योसँगै पञ्जाब किंग्सका हर्षल पटेलले २४ विकेट लिएका छन् भने पर्पल क्याप उनीसँगै रहनेछ । पटेलले १५ लाख रुपैयाँ पाउनेछन् । इमर्जिङ प्लेयर अफ दि इयरले २० लाख रुपैयाँ पाउनेछन् भने मोस्ट भ्यालुएबल प्लेयरले १२ लाख रुपैयाँ पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच