इन्दुरो रत्नागेें माउण्टेन रेसको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सोलुखुम्बुको रत्नागेंमा आयोजना भएको इन्दुरो रत्नागें माउण्टेन रेस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको पहिलो दिन अभ्यास सत्र सकिएको छ । पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइक्लिङ गरेका छन् । प्रतियोगितामा विभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा २६ राइडरले मुख्य स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई विदेशी राइडरसमेत छन् । हाई अल्टिच्युटमा हुने माउण्टेन रेस र यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता वैशाख २४ गतेसम्म चल्नेछ ।
‘हाई अल्टिच्युटमा भएको पहिलो माउण्टेन रेस हो । सोलुको पर्यटनमा पनि यसले सहयोग पुर्‍याउछ भन्ने हाम्रो विश्वास छ । त्यस्तै माउण्टेन रेसलाई पनि यसले प्रवद्र्धन गर्नेछ ।’ फाप्लु माउण्टेनबाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले भन्नुभयो ।

फाप्लु माउण्टेनबाइक क्लबले रत्नागेंमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटिएम सिटीले मुख्य प्रायोजकको रूपमा सहयोग गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । जसमा महिला र पुरुष इलिटमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको अन्य विधाका विजेताले गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?