
चितवन । चितवनमा चारवटा सवारीसाधन एक आपसमा ठोकिँदा एक जनाको मृत्यू भएको छ भने २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ स्थित सत्र किलोमा गएराती चारवटा सवारी साधन एक आपसमा ठोकिएका थिए । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राती करिब १२ः३५ बजे काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नम्बर को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरीतर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाएको प्रवक्ता रिजालले बताउनुभयो ।
दुर्घटनामा परि अन्दाजी १७ वर्षको पुरुषको मृत्यु भएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सडक अबरुद्ध भएकोमा राती करिब २ः३० बजे बाटो एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
घाइते हुनेहरूको सूची
१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)
२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)
३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)
४. सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७०)
५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)
६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)
७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)
८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)
९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)
१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)
११. पदम थापा, ६० वर्ष (प्युठान०)
१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)
१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)
१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)
१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)
१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)
१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)
१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)
१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)
२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)
२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)
२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच