![राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/rastrapati-meeting.jpg)
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थप गर्न धनुषा अदालत ल्याइएको छ।
नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहनुभएको सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत ल्याइएको हो ।
मुटुमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएकोमा सिरोहियालाई सोही अस्पतालको एम्बुलेन्स मार्फत अदालतसम्म ल्याइएको छ ।
धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रंञ्जन अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।
पहिलोपटक गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक शुक्रबार ३ दिनको म्याद थप गरिएको थियो।
गत मङ्गलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी बुधवार बिहान धनुषा ल्याइएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच