![संघीय सरकारसँग मेयर बालेनको निरन्तर टसल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Mayor-Balens-ongoing-tussle-with-the-federal-government-hita-fornt-page.jpg)
काठमाडौं । टी–२० विश्वकप अगाडिको पहिलो औपचारिक अभ्यास खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको छ । रोमबार राति भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो।
अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर सुरुमा क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको हो। क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो।
नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्र्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाए। दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिए। उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो। साद बिन जाफर र जेरेमी गोर्डनले समान दुईदुई विकेट लिँदा कलिम साना र परगत सिंहले एकएक विकेट लिएका थिए।
यसअघि क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए। उनले ३९ बलमा ५२ रन बनाए। रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३(१३ रन बनाएका थिए। क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।
नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एकएक विकेट हात पारे।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच