![सडक भासिँदा पूर्वपश्चिम राजमार्ग ६ घण्टादेखि अवरुद्ध](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/muglin-sadak.jpg)
काठमाडौं । सहकारीको रकम अपचलनको विषयमा संसदीय छानबिन समिति गठनका लागि कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज बस्दै छ ।
बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्ने छ । बैठकले सत्ता पक्ष र प्रतिपक्षबीच सोमबार भएको सहमतिलाई अन्तिम रुप दिने बताइएको छ ।
कार्यदलमा सहमति भए आजबाट सदनका नियमित कामकारबाही निर्वाधरूपमा अगाडि बढ्नेछन् ।सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ । समितिमा पाँच दलका प्रतिनिधि रहने समझदारी बनेको छ ।
दलहरुबीच सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने तर उहाँ संलग्न रहेको भनिएको सहकारी तथा कम्पनीको नाम उल्लेख गरी छानबिन गर्ने समझदारी बनेको कांग्रेस सांसद जीवन परियारले जानकारी दिए ।
![आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/republic-day.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच