हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ १८ गते हेटौंडा जाने हुनुभएको छ ।
नेकपा एमाले मकवानपुरको १८ र १९ गते हुने १२ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन हेटौंडा आउने मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीले जानकारी दिएको हो।
एमाले अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुर जिल्ला सम्मेलन आयोजक कमिटीले जनाएको छ ।
अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।
अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व समेत चयन गरिने श्रेष्ठले बताउनुभयो ।
सम्मेलनलाई सफल गराउन दुई सय जना स्वयंसेवक परिचालन गरिनुको साथै १२ वटा समितिहरु बनाई सम्पुर्ण तयारीको काम भईरहेको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिहरुमा पार्टीका केन्द्रीय नेताहरु रहने जनाइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच