डाक्टर कुटपिट घटनामा आमा छोरी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले आमा छोरीलाई पक्राउ गरेको छ ।

झण्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए ।

उपचारका क्रममा राजेश प्रधानको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।

उनीहरूले अस्पताल भित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका हुन् ।

सीसीटीभी फुटेजको आधारमा मृतक प्रधानकी श्रीमती र छोरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुवै डाक्टरले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?