नेपाली महिला क्रिकेट टोलीको बिदाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हङकङमा आयोजना हुने एसिसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको हो ।

क्यानले प्रतियोगिताका लागि शुक्रबार रुविना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो । प्रतियोगिता १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुँदैछ । थाइल्याण्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् । भारत र पाकिस्तानले भने प्रतियोगितामा ‘ए’ टोली पठाउनेछन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहनेछ ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ‘ए’ टोली छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?