
काठमाडौं । एस इन्टरनेसनल बिजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाई थ्री बास्केटबल प्रतियोगिता आज (बुधबार)देखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४ टिमको सहभागिता रहने आयोजक एसका प्रोग्राम म्यानेजर कौशलराज पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
प्रोग्राम म्यानेजर पौडेलले युवा खेलाडीलाई खेलकुदमा आकर्षित गर्न र विद्यालयबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियोगिताबाट प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउनेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट भौचर प्रदान गरिनेछ ।
तीनदिने प्रतियोगिताका खेलहरू सिनामंगलस्थित आयोजककै कोर्टमा खेलाइनेछ । पत्रकार सम्मेलनमा एसका सहायक प्रोग्राम म्यानेजर सविन पाठक र प्रशासकीय अधिकृत आशिष न्यौपानेले प्रतियोगिताका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच