चक्रवात रेमालका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । चक्रवात रेमालबाट बंगलादेशमा १० व्यक्तिको मृत्यु भएको छ । देशका प्रकोप व्यवस्थापन र राहत राज्यमन्त्री मोहिबुर रहमानले चक्रवाती आँधीका कारण छ तटीय जिल्लामा १० जनाको मृत्यु भएको बताउनु भयो ।

बंगलादेशका १९ जिल्लाका लाखौं मानिस शक्तिशाली आँधीबाट प्रभावित भएका छन् । कुल १ लाख ४८ हजार ५३३ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । रेमालले आइतबारदेखि रेल, सडक र हवाई यातायात पनि ठूलो मात्रामा अवरुद्ध गरेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?