काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनु भएको विपक्षी दलहरुको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी हुनुभएको छ ।
जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार जोगाउनेबारे छलफल गर्न कांग्रेस सभापति देउवाले नेपालसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्त ठाकुरलाई नीजि निवास बूढानीलकण्ठ बोलाउनु भएको थियो ।
देउवा निवासको बैठकमा अध्यक्ष नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव र लोसपाका अध्यक्ष ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी हुनुभएको थियो ।
मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी छ ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन् ।
सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नौ, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच