काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उहाँको भनाई थियो ।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल आफैंले सत्ता समिकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले शुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङदेनले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘दलहरुको बीचमा जुन प्रकारको प्रतिद्वन्द्वीता, प्रतिष्पर्धा र अविश्वसनीयताहरु बढ्दै गएका छन् । रातभरमा नै दलहरुले समिकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोलि उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समिकरण परिवर्तन गर्दै हिँड्ने । यसको प्रकारको जुन गतिविधिहरु बढिराखेको छ । प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरु देखिराख्या छ । त्यसकारण हामीले आगामी स्थानीय तहको निर्वाचन होस् अथवा सम्भावित मध्यावधि निर्वाचनको कुरा होस् । र निर्वाचनको कुरा मात्रै होइन, अहिले हामीले आन्दोलनको पनि कुरा उठाइराखेका छौं । त्यसलाई सफल पार्न होस् । संगठन निर्माण गर्न जरुरी छ ।’
अध्यक्ष लिङदेनले देश ठूला दलहरुले कमजोर बनाएकाले आफूहरुले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच