
सोलुखुम्बु । सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जित्नुभएको छ । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिँदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीकी शेर्पाले उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो ।
सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट दुई सेकेण्डमा पार गर्दै पहिलो हुनुभएको हो । महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गर्नुभयो । पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेण्डमा दूरी पार गर्दै सुमन कुलुङ दोस्रो र चार घण्टा सात मिनेट ४० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रामकुमार राजभण्डारी तेस्रो हुनुभएको छ ।
महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै प्रिया राई दोस्रो हुनुभएको छ । प्रतियोगितामा २१० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ । सगरमाथामा पहिलो पटक एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ । रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच