काठमाडौं । बंगलादेशमा हुने साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक महिला टोलीको घोषणा गरिएको छ । महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । चोटका कारण वाफ महिला च्याम्पियनसिप खेल्ने टोली बाहिर रहनुभएकी रेनुका नगरकोटे र सरु लिम्बूलाई प्रशिक्षणमा बोलाइएको छ ।
साफ च्याम्पियनसिपअघि नेपालले लेबनान सम्मिलित तीन देश सम्मिलित प्रतियोगिता खेल्ने भनिए पनि त्यो नहुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रशिक्षण आइतबारदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
प्रारम्भिक महिला टोलीमा
गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीलाकुमारी चौधरी ।
डिफेण्डरः अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, सविना चौधरी, गंगा गुरुङ ।
मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दिपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बू, मनमाया दमाई, तुलसा बोहोरा ।
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, ममता पुन रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच